Logo
Logo

सेयर बजार लगानीकर्तालाई अफवाहको पछि नलाग्न अर्थमन्त्रीको आग्रह


0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारका लगानीकर्तालाई अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: sownirm-1.jpg

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा जारी सन्देशमा अर्थमन्त्रीको सचिवालयले सरकार गठनयता सेयर बजारमा आएको गिरावटप्रति लगानीकर्ताको चिन्ता स्वाभाविक रहेको उल्लेख गर्दै अर्थतन्त्रका अधिकांश सूचक सुधारोन्मुख रहेको जानकारी गराएको हो । 

सचिवालयका अनुसार मुलुकमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको, कर नीतिमार्फत खर्च र लगानीलाई प्रोत्साहन गरिएको तथा राजस्व विवादमा परेकालाई विशेष छुट सुविधा दिई पुनः व्यवसाय सञ्चालनको अवसर प्रदान गरिएको छ । साथै, स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियामक निकायमा पारदर्शी र इमानदार नेतृत्व नियुक्त गरिएकाले बजार सुधारका योजनाबद्ध काम अघि बढिरहेको दाबी गरिएको छ ।

सन्देशमा नियामक निकायले सेयर बजार सुधारका लागि आवश्यक कदम चालिरहेको र बजारमा कृत्रिम प्रभाव पार्ने तथा अनियमित गतिविधिमा संलग्नमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । 

सचिवालयले केही समूहले परिस्थितिजन्य लाभका लागि गलत भाष्य निर्माण गर्दै त्रास फैलाउने प्रयास गरिरहेको अर्थमन्त्रालयको भनाइ रहेको छ । क्लब हाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा अनौपचारिक स्रोतबाट आउने सूचनामा विश्वास नगर्न र बजारसम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी निकायबाट मात्र सूचना लिन आग्रह गरिएको छ ।

अर्थमन्त्रीले धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, जोखिमको मूल्याङ्कन गर्न तथा अफवाहका आधारमा निर्णय नगर्न पनि लगानीकर्तालाई सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्