Logo
Logo

एम्बाप्पेले बनाए विश्व रेकर्ड, ‘गोल्डेन बुट’को दौडमा मेसीलाई उछिने


630
Shares

काठमाडौं । जारी विश्वकपको हालसम्मका खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।आज बिहान फिफा विश्वकप-२०२६ को अन्तिम खेल खेलेका एम्बाप्पेले आफ्नो गोल सङ्ख्या १० पुर्याएका छन् । उनले इंग्ल्यान्डविरुद्ध २ गोल गरेका हुन् । 

The current image has no alternative text. The file name is: football-4.jpg

खेलमा फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्डलो तेस्रो स्थान हासिल गरेको छ ।  २ गोलसँगै एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेर कीर्तिमान बनाएका छन् । 

उनले जारी विश्वकपमा मात्रै गोल सङ्ख्या १० पुर्याएर अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई उछिनेका छन् । मेसीले जारी विश्वकपमा ८ गोल मात्रै गरेका छन् । उनले अब स्पेनविरुद्ध फाइनल खेल खेल्न बाँकी छ । 

एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका छन् । योसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एम्बाप्पे मेसीभन्दा अघि छन् ।  मेसीले अहिलेसम्म २१ गोल मात्रै गर्न सकेका छन् । उनले अब जारी विश्वकपको फाइनल खेल खेल्न बाँकी छ । 

आजको २ गोलसँगै एम्बाप्पेले  ‘गोल्डेन बुट’को दौडमा पनि मेसीलाई पछि पारेका छन् ।  विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रूपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता)को लागि पनि तीव्र प्रतिस्पर्धा हुन्छ । 

प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ । सन् २०२२ को विश्वकपमा एम्बाप्पेले गोल्डेन बुट जितेका थिए । यसपटक पनि  उनले आफूलाई गोल्डेन बुटको सबैभन्दा बलियो दाबेदारको रूपमा उभ्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्