काठमाडौं । मैनादेवी फाउण्डेशनको आयोजनामा नेपालकै अनौठो युवा नेतृत्वको पर्यावरणीय प्रतियोगिता ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग (इपीएल) बुटवल २०२६’ सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेयले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।

उद्घाटनपछि दिप बोर्डिङ, न्यू होराइजन, मणिमुकुन्द, नयाँगाउँ, कालिका, कान्ति, नवीन, स्कलर्स होम, एभरेस्ट कलेज, त्रिभुवन, नहरपुर, अक्सफोर्ड र इडेन लगायत बुटवलका १५ शैक्षिक संस्थाका विद्यार्थीहरूले उपमहानगरपालिका परिसर र वरपरका क्षेत्रमा र्याली तथा प्रतीकात्मक सफाइ अभियान सञ्चालन गरेका छन् ।
यो ऐतिहासिक प्रतियोगिता ४६ दिनसम्म सञ्चालन हुनेछ, जसमा १५ कलेजहरूले साप्ताहिक क्रियाकलापहरूमा प्रतिस्पर्धा गर्नेछन्। अभियानको अन्त्यमा पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।














