Logo
Logo

काठमाडौंबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ, झण्डै २ करोडको कारोबार


504
Shares

काठमाडौं । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका् नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकी छन् ।

उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ । मोबाइल बैंकिङसमेतबाट १ करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्