काठमाडौं । च्याउ खोज्न जंगल गएका कञ्चनपुरका १४ महिला सम्पर्कविहिन भएका छन् । भीमदत्त नगरपालिका-१९ को बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

उनीहरू च्याउ खोज्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेको थिए । बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । तर अझै अवस्था पत्ता लाग्न सकेको छैन । आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । ती महिलाले मोबाइल नबोक्ने खुलेको छ।














