काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भए पनि आफूले राम्रो महसुस गरेको बताएका छन् ।

उनले खेलपछि प्रतिक्रिया दिँदै भने, ‘मैदानमा मेरो अनुभव मिश्रित रह्यो, राम्रो पनि । नराम्रो पनि । म राम्रो महसुस गर्न चाहन्छु ।’
सन् २०२२ मा उनकै नेतृत्वमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो । यसबीच उनले सन् २०२१ र २०२४ को कोपा अमेरिका उपाधि पनि जितेका थिए ।मेसी यो विश्वकपमा ८ गोल गरेका थिए ।
यस्तै प्रशिक्षक लियोनल स्कालोनीले फाइनलमा पराजित भए पनि अर्जेन्टिनाको यो यात्रा सम्झनलायक रहेको बताएका छन् । उनले भने, ‘हामी पक्कै पनि पराजित भयौँ, यो तथ्य स्विकार्नै पर्छ । तर हामीले केही पनि गर्न सकेनौँ भन्ने होइन, हाम्रा खेलाडीले सक्दो राम्रो गर्ने प्रयास गरेका थिए ।’














