Logo
Logo

सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च


378
Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अङ्कले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ।

आज बजारमा कुल ३४३ कम्पनीका १ करोड २२ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बजार निकै उत्साहजनक देखिएको छ। कुल सूचीकृत कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ३२ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन।

आज सर्वाधिक कमाउने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ, जसको सेयर मूल्य १४.९७ प्रतिशतले बढेर प्रति कित्ता ३७२.४० रुपैयाँ पुगेको छ। त्यस्तै, रिजलाइन इनर्जीको मूल्य १४।.६४ प्रतिशत र श्रीनगर एग्रो इन्डष्ट्रिजको मूल्य १०.९५ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २९ करोड १५ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स र रिडि हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग भेट गरेपछि बजार बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार बजार एकैदिन ७९.७४ अङ्कले बढेको थियो । यस अनुसार २ दिनमा मात्रै बजारले १२१ अङ्कको सुधार हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्