काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरविरुद्ध आएका उजुरी वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।

समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेविरुद्ध उजुरी १० दिनको समय दिएर उजुरी आव्हान गरेको थियो ।
असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा.राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको थियो ।














