काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाबारे जानकारी समेत लिएको स्रोतले जनाएको छ ।
सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोसाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्रलाई सबल बनाउने जस्ता विषयमा छलफलमा समाबेस गरिएको छ ।
प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुन सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने योजना रहेको स्रोतको दाबी छ ।














