Logo
Logo

रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा परी बेपत्ता


252
Shares

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमस्थित दवाङ लेकमा शुक्रवार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।

The current image has no alternative text. The file name is: pahiro.jpg

पहिरोमा केही पशुचौपाया समेत पुरिएका छन् । प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला पहिरोमा बेपत्ता भएको जनाएको छ । 

उनीहरूको परिचय तथा पशुचौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्