Logo
Logo

हस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ मंसिर । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगायले सोमबार अवलोनकन गर्नुभएको छ । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वागमती प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गर्नुभएको हो ।

नेपाल हस्तकला महासंघको ४८औं वार्षिकोत्सब नवौं हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले द्धीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा द्धीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले हिमालय टाइम्सलाई बताउनुभयो । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिकरुपमा हस्तकला प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

त्यसैगरी नेपाल हस्तकला महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । सोमबार हस्तकला महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्