Logo
Logo

लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान


0
Shares

काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी (प्रेमी) टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

सशस्त्रको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकमको हिनामिनापछि असार २० गते गुरुङ र लामा पक्राउ परेका थिए ।

सशस्त्र प्रहरीकै आन्तरिक अनुसन्धानबाट दोषी ठहर भएपछि उनीहरुलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपेर भइरहेको अनुसन्धानमा अख्तियार प्रवेश गरेको हो ।

उनीहरुमाथि अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त म्याद दिएको हो ।

प्रतिक्रिया दिनुहोस्