Logo
Logo

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दै


0
Shares

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दै छ । लगतार चौथो हार बेहोरे पछि नेपालले आज राउण्ड रोबिनको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे १० बजेदेखि सुरु हुने छ । 

The current image has no alternative text. The file name is: vollyeball.jpg

नेपालले यसअघि बङ्गलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलङ्कासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो ।  नेपालको ४ खेलमा तालिकामा ३ अङ्क जोडेको छ । त्यस्तै उज्बेकिस्तानले भने यसअघि खेलेका ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।  

प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलङ्का र बङ्गलादेश सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्