Logo
Logo

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन


0
Shares

काठमाडौं । नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा जितविहीन बनेको छ । पाँचौँ तथा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल जितविहीन हुँदै समूहचरणबाटै बाहिरिएको हो ।  

The current image has no alternative text. The file name is: nepal-volleyball.jpg

नेपाली टोली पाकिस्तानसँग सोझो सेटमा तथा बंगलादेश, श्रीलङ्का र काजकस्तानसँग प्रतिस्पर्धात्मक पाँचौँ सेटमा पराजित भएको थियो ।

पाकिस्तानको इस्लामावादमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानविरुद्धको पहिलो सेट २४-२६ ले गुमाएको नेपालले दोस्रो २०-२५ र तेस्रो २२-२५ ले उज्वेकिस्तानलाई सुम्पिएको थियो । 

प्रतिक्रिया दिनुहोस्