Logo
Logo

एक–डेढ हप्ताभित्र कोशीको गाँठो फुक्छ: शेरधन राई


0
Shares

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल एक–डेढ साताभित्र टुंगिने बताएका छन्।

सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलगायत प्रदेश सांसदहरूसँगको छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकार नेतृत्वबारे बाँकी रहेको ‘सानो गाँठो चाँडै फुक्ने’ दाबी गरेका हुन्।

उनका अनुसार एमाले र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ र अब त्यसलाई निष्कर्षमा पुर्‍याइनेछ।

‘हामीले केही दिनदेखि परेको सानो गाँठोलाई फुकाउँछौँ। एक–डेढ हप्ताभित्र सहमतिको कार्यान्वयन गरेर नयाँ निष्कर्षमा पुग्छौँ,’ राईले भने।

उनले कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने विषयमा कुनै विवाद नरहेको तर हालका मुख्यमन्त्री हिक्मत कार्कीलोई निरन्तरता दिने कि अर्को नेताले सम्हाल्ने भन्ने विषयमा मात्रै छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्