Logo
Logo

सिन्धुपाल्चोकमा पहिरो गयो, अरनिको राजमार्ग पूर्ण अवरुद्ध


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आज (मंगलबार) बिहान ९ः ३० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ । सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक संचालनमा समस्या हुने कोदारी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्