Logo
Logo

सरकारद्वारा अध्यादेशबाट ऐन संशोधन, अख्तियार लगायत निकायमा आजै नियुक्तिको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ मंसिर ।
सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन संशोधन गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधन गरेको हो । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भइसकेको छ ।


सभामुख नभएपनि गणपुरक संख्या पुग्ने गरी अध्यादेश संशोधन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटा मंगलबारको बैठकमा उपस्थित भएका थिएनन् । आजै ५ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग नियुक्तिको लागि बागबन्डा मिलाइसकेका छन् । आफ्नै दलका नेताहरु प्रचण्ड र माधव नेपालसँग भने छलफल गरेका छैनन् । यसले नेकपाको विवाद झन् चर्किने भएको छ ।

ओलीले अख्तियारको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम कुमार राईलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्