
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना भएका छन् ।
पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला सोमबार साँझ भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका उनी आज उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पताल भर्ना गरिएको हो ।
भक्तपुरको ठिमीमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी आज थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।














