काठमाडौं । सर्बोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र संचालकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान बिभागले बैंकका अध्यक्ष र संचालकलाई पक्राउ गर्नका लागि जिल्ला अदालतबाट पुर्जी लिएको थियो । सर्बोच्चले अल्पकालीन अन्तरिम आदेश दिदै २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
बैंकका सिइओ ज्योती प्रकाश पाण्डेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्बोच्चका न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले बैंकका पदाधिकारीलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।














