Logo
Logo

जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्‍यो :  उपेन्द्र यादव


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनले  देशको स्वाधीनता खतरामा परेको बताएका छन् । शनिवार आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

The current image has no alternative text. The file name is: upendra.jpg

अध्यक्ष यादवले देशको स्वाधीनता खतरामा परेका कारण अग्रगामी मोर्चा गठन गरिएको बताए । देशमा धेरै राजनीति परिवर्तन भएको तर उत्पीडित समुदायले न्याय नपाएको बताउँदै उनीहरूलाई  न्याय दिलाउन अग्रगामी मोर्चा अगाडि बढेको उनले बताए । 

देशमा सर्वसत्तावाद आएको र यसले अधिनायकवाद जन्माउने बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिमाथि प्रहार भइरहेको बताए । उनले  प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा मोर्चाले सङ्घर्ष गर्ने बताए । यादवले अहिलेको संविधान संशोधन हुन आवश्यक रहेको बताउँदै भने, ‘देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ, आर्थिक रूपमा देश जर्जर भयो ।’ 

देशको अग्रगामी परिवर्तनका लागि जनता जागिसकेको बताउँदै उनले जनताको बलमा यो मोर्चा गठन भएको बताए । यो अभियानलाई सरकारले सम्मान गर्नुपर्ने बताउँदै उनले सबैका लागि अग्रगामी परिवर्तन नभए मोर्चाले सङ्घर्ष गर्ने बताए ।

आगामी दिनमा अन्य परिवर्तनकामी सङ्गठनहरू पनि मोर्चामा सहभागी हुने बताउँदै उनले विभेदमा परेकाहरू साझा मोर्चा जोडिने बताए । यो मोर्चाबाट कोही आतङ्कित हुनु नपर्ने बताउँदै उनले जनताको अधिकारका लागि यो गठन भएको बताए । 

प्रतिक्रिया दिनुहोस्