Logo
Logo

सरकार गन्तव्यमा पुर्‍याएरै छाड्छौं : रवि लामिछाने


0
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू नेतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: rabi.jpg

शनिवार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स (हलचल) हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने बताए ।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ । हामी छौँ,’ सभापति लामिछानेले थप आश्वस्त पार्दै भने, ‘अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईँहरू जस्तै केही गरौँ भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ ।’

उनले सरकार आफ्नो वाचा अनुसार काम गरिरहेको दाबी गरे । रास्वपा नेतृत्वको सरकारले असल नियतका साथ उक्त जहाजलाई गन्तव्यमा पुर्‍याउले लामिछानेको भनाइ छ ।

‘यात्रामा हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सही ढङ्गले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्‍याउँछौँ,’ लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्