Logo
Logo

सिंहदरबारको नाम फेरिनुपर्छ : रास्वपा सांसद हरि ढकाल


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सांसद तथा राज्य व्यवस्था समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम फेरिनुपर्ने बताएका छन् । नेपालमा सिंह नभएकाले सिंहदरबार नाम फरिनुपर्ने उनको तर्क छ ।   

The current image has no alternative text. The file name is: hari-dhakal.jpg

आज एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

ढकालले भने, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ-कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ‘न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन ।’

सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने उनको प्रस्ताव छ । ‘परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला । हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ । र त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्