Logo
Logo

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह


0
Shares

काठमाडौं । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।

The current image has no alternative text. The file name is: kiran-singh-.jpg

सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले जानकारी दिए ।  ६५ वर्षीय सिंह शुक्रवार अन्दाजी २ बजेतिर कपिलवस्तु-३ स्थित घरबाट निस्किएका थिए ।

पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्