काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी जोगाउन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले कांग्रेसमा देखिएको विवादले पार्टी फुटको सङ्घारमा पुगेको देखिएकाले सबै नेता तथा कार्यकर्ताहरूलाई पार्टी जोगाउन अपिल गरेका हुन् ।

पार्टीमा आन्तरिक असन्तुष्टि र खिचातानी बढिरहेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी जोगाउन आह्वान गरेका हुन् ।भण्डारीले पार्टी फुट्न दिन नहुने बताएका छन् । उनले पुरानो पार्टी सङ्कटका बेला काम लाग्न सक्ने उल्लेख गर्दै एकजुट हुन आग्रह गरेका हुन् ।
वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्ने र असिना आएमा ज्यान पनि जान सक्ने चेतावनी उनले दिएका छन्। पार्टीमा कमजोरीहरू रहेको र त्यसलाई सुधारेर अघि बढ्नुपर्ने उनको तर्क छ।
कांग्रेसको इतिहास र त्यागको स्मरण गराउँदै भण्डारीले लेखेका छन्, ‘घरका हरेक ढुङ्गा रगतले मुछिएको माटोले अडेको छ, खाँबाहरू सहिदका हड्डी हुन्।’
विगतमा सत्तामा छँदा पार्टीले केही कुरा भुलेको स्वीकार गर्दै उनले मर्यादा नबिर्सन सबैलाई सचेत गराएका छन् ।
हेर्नुहोस् उनको स्ट्याटस














