Logo
Logo

बालुवाटारमा ओलीविनै नेकपा स्थायी कमिटी बैठक


- दृष्टि न्युज/संवाददाता


file photo

काठमाडौं, १ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका छन् । नेकपाका एक नेताका अनुसार प्रधानमन्त्री ओली बैठकमा उपस्थित छैनन् ।
अध्यक्ष ओली नआएपनि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेको ती नेताले बताए । स्थायी कमिटी बैठकअघि बुधबार नै ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्