Logo
Logo

पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश


567
Shares

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

The current image has no alternative text. The file name is: kishower.jpg

पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो । रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए ।

श्रेष्ठलाई ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी जनआस्था साप्ताहिक सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्