Logo
Logo

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।गत शुक्रबारबाट काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिवार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए । 

The current image has no alternative text. The file name is: nepali-congress-8.jpg

भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा.प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।

शनिवार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा के के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए । 

प्रतिनिधिहरूबाट आएका धारणबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका हुन् । इतर समूहले आयोजना गरेको भेल अज सकिँदै छ ।   

प्रतिक्रिया दिनुहोस्