Logo
Logo

गृहमन्त्री गुरुङले आफ्ना मतदातालाई भने-भोट फिर्ता लैजानोस्


1.3k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर-९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गरेका छन् । उनीहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री गुरुङसँग स्थानीय जनताले आफूले बोलेको बाचा पुरा गर्न माग गरेका हुन् ।

The current image has no alternative text. The file name is: sudan-gurung-1.jpg

तर जवाफमा मन्त्री गुरुङ अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा प्रश्नकर्ताले चुनावको बेला बोल्नुभएको कुरा याद छ, त्यसका लागि बजेट खोइ भनेर प्रश्न गरेका छन् ।

जवाफमा गुरुङले यति सानो सानो बजेट किताबमा राख्ने हो भने महाभारत बन्छ भनेका छन् । बजेटका लागि स्थानीय तहबाट लिस्ट मगाएको र त्यसै अनुसार काम भइरहेको जवाफ दिएका छन् । 

‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ ।  चार महिनामा कायापलट गर्न सकिँदैन, भोट फिर्ता लिएर जानोस् ।  हैन, भने मलाई पाँच वर्ष काम गर्न दिनोस् ।  मत प्रस्ट मान्छे । चुनावको बेला पनि मलाई तपाईँहरूले विश्वास गर्न सक्नुहुँदैन भने मलाई नजिताउनुस् भनेको हो नि । यति आँट गरेको हो नि ।’

प्रतिक्रिया दिनुहोस्