Logo
Logo

सभामुख अर्यालद्वारा प्रधानमन्त्री बालेनलाई सांसदमा जवाफ दिन रुलिङ


378
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् । 

The current image has no alternative text. The file name is: sabhmukha.jpg

सांसदहरूले विभिन्न समसामयिक विषय र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् । 

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा र नियम ५७, ५८ एवं ५९ को प्रावधान बमोजिम सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई निर्देशन दिए । ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुख अर्यालले बैठकमा भने । 

नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने ५७ देखि ५९ सम्म प्रश्नको सूचना, मर्यादा र उत्तर दिने प्रक्रियाबारे उल्लेख गरिएको छ । पछिल्लो समय सदनमा उठेका प्रश्नहरूको जवाफ सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्