Logo
Logo

प्रधानमन्त्री–अर्थमन्त्रीबीच बोलचाल बन्द


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र अर्थमन्त्री स्वार्णिम वाग्लेबीच बोलचाल बन्द जस्तै भएको छ । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्रीको बोलचाल बन्द भएको जेठ १५ को बजेटपछि हो ।

मन्त्रिपरिषदको बैठकमा पनि उनीहरुबीच खासै बोलचाल नभएको एक मन्त्रीले दृष्टिलाई बताए । मन्त्री वाग्लेले पार्टी सभापति रवि लामेछानेसँग मिलेर आफूलाई पेल्न खोजेको भन्दै सचिवालयका सदस्यहरुसँग गम्भीरढंगले छलफल गरिरहेका प्रधानमन्त्रीले बजेट भाषणपछि एक्लै भेटघाट गरेका छैनन ।

बजेट बनाउने बेलामै प्रधानमन्त्री साहसँग खटपट परेको केही सातापछि वाग्लेले रवि लामिछानेसँग धुलिखेलस्थित आफ्नै रिसोर्टमा लामो छलफल गरेका थिए । रविका विश्वासपात्र वाग्लेले रातभर रिसोर्टमा मनको बह पोखेपछि रविले मैले मिलाउँछु भन्दै वाग्लेलाई थुमथुम्याइरहेका छन् । रवि र स्वर्णिमको रिसोर्टमा एक रातको बैठकपछि बालेन झन वाग्लेसँग रुष्ट भएको बताइन्छ ।

वाग्लेले लामिछानेसँग छलफल गरेको केही समयपछि प्रधानमन्त्री बालेनले पनि रविसँग दुई पटक छलफल गरेका थिए् । पछिल्ला दिन सरकारले गरेका दुईवटा निर्णय र त्यसको कार्यान्वयनबाट लामिछाने निकै असन्तुष्ट बनेका बेला प्रधानमन्त्री बालेन सभापतिलाई भेट्न पुगेका थिए । कप्तानगन्जको घट्नामा रवि लामिछानेले राजनीति नेतृत्व लिएपछि बालेनका लागि थप चुनौती बनेको थियो ।

रास्वपाका एक पदाधिकारीका अनुसार सुकुमवासीलाई हठात् विकल्पबिनै उठाउने कदम र पासपोर्ट छपाइमा बालेनको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछानेले असन्तुष्टि प्रकट गरेपछि बालेनलाई भेट्न समेत गएका थिएनन् । वाग्लेलाई हटाउन बजेटमा स्वास्थ्य र शिक्षा कर हटाउनेदेखि विद्युतीय सवारी आयातमा वाग्लेलाई दुःख दिने काम गरेको छ ।

बालेनले प्रधानमन्त्रीको तहबाट राखेको असन्तुष्टि लामिछानेले पनि सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए । कप्तानगन्ज घट्नाले रविलाई राजनीतिक उचाई दियो भने बालेनलाई राजनीतिक रुपमा घाटा बनाएको छ । यसमा अर्थमन्त्री वाग्लेसँगको टकरावले पनि प्रधानमन्त्रीलाई अप्ठेरो बनाउँदै लगेको बुझिन्छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री साहले सभापति लामिछाने समक्ष अर्थमन्त्री वाग्लेलाई हटाउने प्रस्ताव गरिसकेका छन् । रास्वपा सभापति लामिछानेनिकट वाग्लेलाई अर्थमन्त्रीबाट हटाउने, त्यो नभए मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नेसम्मको तयारी छ । प्रधानमन्त्री बालेन र सभापति रविबीच भएको पछिल्लो छलफलमा यो प्रस्तावले औपचारिकरुपमा प्रवेश पाएको छ ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेको कार्यशैली, बजेटको प्रभावकारिता, शेयर बजारको समस्या समाधानमा देखाएको उदासीनता र वैदेशिक ऋणमा बढी जोड दिने नीतिप्रति गम्भीररूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा अर्थमन्त्री वाग्लेले आफ्ना निकटस्थलाई प्राथमिकता दिएर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थ बाझिने अवस्था) सिर्जना गरेको आरोप प्रधानमन्त्री निकटस्थको छ ।

विवादकै कारण २४ असारमा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा निजी क्षेत्रका तीन ठूला छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग भएको महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेलाई सहभागी गराएनन् ।

विवाद दुई व्यक्तिको स्वभाव र कार्यशैलीको टकराव मात्र नभएर सरकार कसरी सञ्चालन गर्ने भन्ने आधारभूत दृष्टिकोणको द्वन्द्व पनि रहेको छ । प्रधानमन्त्री बालेनले प्रधानमन्त्री कार्यालयबाटै सम्पूर्ण नीतिगत कामको प्रत्यक्ष र केन्द्रीकृत नेतृत्व गर्न चाहेका छन् । तर अर्कोतर्फ अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयको संस्थागत क्षेत्राधिकार, आर्थिक निर्णयमा प्राविधिक स्वायत्तता र मन्त्रालयगत प्रक्रियालाई प्राथमिकता दिने पक्षमा छन् ।

यसअघि नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ संसदमा दिने क्रममा पनि दुई नेताबीच दूरी बढेको संकेत देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्