काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ।

उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन र तत्काल रिहा गर्न आदेश दिएको हो।
जनआस्था अनलाइनमा प्रकाशित एक समाचार र तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो। त्यसयता उनी हिरासतमा थिए।
श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्बिर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षी (प्रहरी/सरकारी पक्ष) ले खण्डन गर्न नसकेकाले उनलाई हिरासतमा राखिरहनु उचित नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।












