Logo
Logo

आज यी ११ स्थानमा सडक पूर्ण अवरुद्ध


0
Shares

काठमाडौं । बाढीपहिरोको कारण आज पनि देशका केही मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान सूचना जारी गर्दै विभिन्न राजमार्ग अवरुद्ध भएको जानकारी दिएको हो ।

बाढीपहिरोको कारण यतिबेला इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्ती लोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै लमजुङमा बेँसीसहर मनाङ सडक, मुस्ताङमा जोमसोम कोरला सडक, रुकुमपश्चिममा जाजरकोट डोल्पा सडक, मुगुमा नाग्म गमगढी सडक र रुकुमपश्चिममा भेरी करिडोर सडक पनि पूर्णरुपमा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्