Logo
Logo

आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्रीलाई वर्षमानको सुझाव


0
Shares

काठमाडौैं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारका मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ, राम्रो कुरा हो जनप्रतिनिधि गृह जिल्ला जानु, क्षेत्रमा जानु । मतदाताहरूले आफ्नो विगतका प्रतिबद्धताको जवाफ खोज्छन्, तर उहाँले मत फिर्ता लानु भनिराख्नुभएको छ ।’

उनले विपद्बारे देशभरि के भइराखेको छ सदनमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले सरकारसँग ग्यास, मल, पासपोर्ट बनाउन लागेको लाइनप्रति पनि ध्यानाकर्षण गराए ।

‘नयाँ पार्टीको स्पिरिट थियो, विगत ३५ वर्षमा लाइन नै लाइन भनिन्थ्यो, आज त झन् थप लाइनहरू छन्,’ उनले भने, ‘ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, अनि चाहिँ यसमा मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन कतिवटा लाइन लाग्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन थप्ने हो ?’

प्रतिक्रिया दिनुहोस्