
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका लागि आईतवार काठमाडौं आइपुगेका हुन् ।
आफ्नो भ्रमणको दोस्रो दिन सोमवार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता गरेका थिए ।सोही दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । भारतीय सेना प्रमुख सेठ आफ्नो भ्रमण तालिका पूरा गरी आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।












