Logo
Logo

बागमतीमा सरकार गठनका लागि एमालेले बनायो वार्ता समिति


0
Shares

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्न समिति बनाएको छ ।
प्रदेश संसदीय दलको नेतामा ‍जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय गरेको एमालेले उनै थापाको संयोजकत्वमा भरत थापा, केशव पोखरेल, भारती पाठक र डा दिनेशचन्द्र देवकोटा रहने गरी समिति बनाएको हो ।

बागमती प्रदेशसभा १०४ सदस्यीय छ । यो अंकगणितअनुसार सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत आवश्य हुन्छ । बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । राप्रपाले यहाँ तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

एमाले र नेकपा मिलेर ५१ सांसदका साथ सरकार बनाउँदा २ सिट अपुग हुन्छ । एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको प्रक्रियामै बहुमत पु¥याउन अन्य साना दलको साथ अपरिहार्य बनेपछि एमालेले समिति बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्