Logo
Logo

मेगा बैंकद्वारा १३.०५ प्रतिशत लाभांश घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ पुस । मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले २०७७ असार ३१ गतेसम्मको सञ्चित नाफा र वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गर्ने निर्णय गरेको बैंकका बरिष्ठ नायब महाप्रबन्धक तथा कम्पनी सचिव तुलसीराम पोखरेलले जनाए ।
बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४ सय १६ रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्