Logo
Logo

ट्रम्पको दाबी- स्ट्रेट अफ होर्मुज ‘अमेरिकाको नयाँ भूभाग’


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजको एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्येलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ ।

यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए ।

इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ । स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रणका लागि जारी संघर्ष इरान युद्धको प्रमुख केन्द्र बनेको छ ।

पछिल्ला केही महिनायता इरान र अमेरिका दुवै देशले स्ट्रेट अफ होर्मुजमाथि आफूहरूको पकड बलियो रहेको दाबी गर्दै आएका छन् । तर पछिल्लो तथ्यांकले भने अमेरिकी नौसेनाको सक्रिय उपस्थितिबीच इरानले महत्त्वपूर्ण जलमार्गमाथिको आफ्नो नियन्त्रणको ठूलो हिस्सा गुमाउँदै गएको देखाएको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्