Logo
Logo

कर्णालीमा नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय


0
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबण्डा टुंगो लगाएको छ । मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि दुई दलले मन्त्रालय भागवण्डा गरेका हुन् ।

शाहीले आज ३ बजे बस्ने प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । सहमती अनुसार अब कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने छ भने एमालले ३ मन्त्रालय लिने छ । मुख्यमन्त्री शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमती अनुसार नेकपाले भौतिक पूर्वाधार, भूमि र उद्योग मन्त्रालय लिने छ भने एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जनस्रोत तथा ऊर्जा मन्त्रालय लिनेछ ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।

शाही एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्