Logo
Logo

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बंगलादेश हाई-परफर्मेन्ससँग भिड्दै


0
Shares

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा आयोजक नaर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २ः१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपाल ‘ए’ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बंगलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ । प्रतियोगिताको सुरुआतमै हार व्यहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ ।

नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बंगलादेश ‘ए’ विरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो ।

प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्