Logo
Logo

टप एन्ड टी-२० सिरिज : नेपालको लगातार दोस्रो हार


0
Shares

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ । शनिवार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बङ्गलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई नौ विकेटले हराएको हो । 

The current image has no alternative text. The file name is: top-and-t-20.jpg

नेपालले प्रस्तुत गरेको १०० रनको लक्ष्य बङ्गलादेशले १०.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो ।  बङ्गलादेशको जिशन आलमले अविजित ५२ रनको योगदान गरे । उनले २९ बलमा चार छक्का र तीन चौका प्रहार गरे । अरिफुल इस्लाम ३४ रनमा अविजित रहे । 
नेपालका निम्ति एक मात्र विकेट साहब आलमले लिए । 

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

नेपालका निम्ति कुशल भुर्तेलले सर्वाधिक ४६ रनको योगदान गरे । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे । विपीन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रन बनाए । बंगलादेशका एमडी रुबेलले चार तथा रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले एकरएक विकेट लिए ।

नेपालले यसअघि आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग आठ विकेटको हार व्यहोरेको थियो । अब नेपालले सोमबार होबर्ट हुरिक्यास एकेडेमीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्