काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले जिम्बाबेका क्रिकेटर सिकन्दर राजालाई अनुबन्ध गरेको छ ।

चितवन राइनोजले शनिवार प्रेस विज्ञप्ति जारी गरी राजालाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको जनाएको छ । राजा अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका अलराउन्डर हुन् ।
उनले जिम्बाबेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका छन् । त्यस्तै, विश्वका विभिन्न प्रमुख टी-२० प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएका छन् ।
उनको अनुभव, अलराउन्ड क्षमता र नेतृत्वदायी भूमिकाले आगामी एनपीएल सिजनका लागि तयार भइरहेको चितवन राइनोजको टोलीलाई थप मजबुत बनाउने जनाइएको छ । राजाको अनुबन्धले अन्तर्राष्ट्रिय खेलाडी संयोजनलाई थप बलियो बनाएको चितवन राइनोजले जनाएको छ ।














