काठमाडौं । कर्णालीमा आज सोमबार हुने भनिएको मन्त्रीहरूको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्रीहरूको टुङ्गो नलागेपछि सोमबार ११ बजेका लागि राखिएको शपथ कार्यक्रम स्थगित भएको हो ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथका लागि प्रदेश प्रमुखको कार्यालयसँग समय माग गरेका थिए । कार्यालयले आज बिहान ११ बजेको लागि समय तोकेको थियो ।
यसअघि सांसद विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्कालाई मन्त्री बनाइने चर्चामा थियो । तर, साबिक समाजवादी धारले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान लिएपछि सहमति जुट्न नसक्दा शपथ कार्यक्रम स्थगित गरिएको हो ।













