
काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सह–सचिवको सरुवा गरेको छ । भदौ तीन गते बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो ।
त्यसका आधारमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत चारसहित २७ सहसचिवलाई विभिन्न स्थानमा खटाएको छ ।















