
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर प्रहार गरिव र निमुखाको आवासमा मात्र नभई सबैमाथि समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।
उनले अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको उल्लेख समेत गरे । सांसद झाले जनकपुरको ९ सय ५० बिघा अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘यो डोजर प्रहार गरिवहरुमाथि मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस् र जनकपुरको ९ सय ५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियामा सरकार सफल र सजग होस् भन्ने सन्तुलित अनुरोध छ ।’
सरकारले शनिवारदेखि पोखरीको डिल खाली गराउन शुरु गरेको थियो । गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराएको छ ।













