Logo
Logo

दोस्रो महाधिवेशन असोज दोस्रो साता गर्ने जनमतको निर्णय


0
Shares

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन असोजमा गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले आगामी असोज ९ र १० गते दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै भदौ २१ गतेसम्म वडा तथा पालिका गरिसक्ने कार्यतालिका बनाइएको छ । भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यको क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरिएको छ ।

निश्चित रकम बुझाएर सदस्यता नवीकरण भएकाहरूबाट मात्रै महाधिवेशन प्रतिनिधि बन्न र उम्मेदवार हुनसक्ने भएकाले शुल्क बुझाएर नवीकरण गर्न पार्टीले कार्यकर्तालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्