Logo
Logo

अभ्यास खेलमा मलेसियाले नेपाललाई दियो २३३ रनको मध्यम लक्ष्य


0
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको तयारीका लागि भइरहेको अभ्यास खेलमा मलेसियाले नेपाललाई २३३ रनको मध्यम लक्ष्य दिएको छ ।

The current image has no alternative text. The file name is: nepal-va-malesiya.jpg

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको हो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रनको पारी खेलेका हुन् । मलेसियाका लागि सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्