Logo
Logo

बागमतीमा सत्ता सञ्चालनका लागि एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे समझदारी


0
Shares

काठमाडौं । बागमती प्रदेशमा नेकपा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार गठन तथा सञ्चालनका विषयमा लिखित समझदारी भएको छ । मंगलबार (आज) गरिएको समझदारीमा सरकार सञ्चालन, मन्त्रालय बाँडफाँट, सभामुख चयन र न्यूनतम साझा कार्यक्रमलगायत विषय समेटिएका छन् ।

समझदारीअनुसार प्रदेश सरकारमा हाल कायम ८ मन्त्रालयभन्दा संख्या नबढाउने सहमति भएको छ । मन्त्रालयको साझेदारी सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा गरिने उल्लेख छ । साथै प्रदेशसभामा रिक्त रहेको सभामुख पद नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ ।

तीन दलले सरकार सञ्चालनका लागि सात सदस्यीय न्यूनतम साझा कार्यक्रम समिति गठन गर्ने भएका छन् । समितिले आगामी सात दिनभित्र सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गर्ने समझदारीमा उल्लेख छ ।

समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापती र नुरज बज्राचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्