Logo
Logo

माइक्रो इन्स्योरेन्स कम्पनीका चार सञ्चालक पक्राउ


0
Shares

काठमाडौं । माइक्रो इन्स्योरेन्स कम्पनीका चार जना सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्र र बीमासम्बन्धी कसूरमा फरार रहेका चार जना सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय सुभाष पौडेल छन् । उनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन् ।

त्यस्तै, ललितपुर महानगरपालिका–२ की ४१ वर्षीया सुनिता महर्जन, काठमाडौँ–१६ का ४५ वर्षीय अनुप मालाकार र काभ्रेको भुम्लु गाउँपालिका–८ की ३९ वर्षीया सुनिता श्रेष्ठ पक्राउ परेका छन् । महर्जन क्रेस्ट माइक्रो लाइभ इन्स्योरेन्सका सञ्चालक सदस्य हुन् भने मालाकार र श्रेष्ठ नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सदस्य हुन् ।

उनीहरूलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको ब्युरोले जनाएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ब्युरोले अनुसन्धान गरिरहेको छ ।

त्यही क्रममा धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनसम्बन्धी कसूरमा फरार रहेको चारै जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्