Logo
Logo

चीनले सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति


0
Shares

काठमाडौं । नेपाल-चीन सीमास्थित रसुवागढी-केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य रहेको जनाएको छ । 

The current image has no alternative text. The file name is: chaina-1.jpg

नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरिएको एक स्पष्टीकरण सन्देशमा चिनियाँ पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरू फेक रहेको  स्पष्ट पारेको छ । 

दूतावासका अनुसार, चीनले नेपाली पक्षलाई पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद् बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो भन्ने दुई आरोप गलत हुन् ।

चिनियाँ पक्षले यी आरोपहरूलाई नकार्दै वास्तविक घटनाक्रम फरक रहेको दाबी गरेको छ । दूतावासका अनुसार, २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको थियो । सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै मानिसहरू बेपत्ता भएका हुन् ।

विपद्को यस संवेदनशील घडीमा एक अर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश चीनले दिएको छ । दूतावासले भनेको छ, ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ ।’

प्रतिक्रिया दिनुहोस्