Logo
Logo

चीनतर्फबाट आदानप्रदान हुने सूचनालाई प्राथमिकतामा राखौँ : प्रचण्ड


0
Shares

काठमाडौं । रसुवा बाढीको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनतर्फबाट सूचना आदानप्रदानलाई प्राथमिकता दिन आग्रह गरेका छन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै उनले थप बाढीको जोखिमबारे जनतालाई सुसूचित गर्न र विपद्पछि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: prachand.jpg

प्रचण्डले कोशी ड्याम विस्फोट, जुरे पहिरो र महाभूकम्पका अनुभव स्मरण गर्दै दलहरू एकजुट हुनुपर्ने जोड दिए । पार्टीका नेता-कार्यकर्ता खोज-उद्धार र मानवीय सहयोगमा खटिसकेको उल्लेख गर्दै उनले थप सहयोगमा तयार रहेको बताए ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान छाडेर राहत, उद्धार र पुनर्निर्माणमा जुट्न आह्वान गरे । उनले राहतदेखि पुनर्स्थापनासम्म सर्वदलीय वा सर्वपक्षीय समिति गठन गरी सरकारलाई सहज बनाउने प्रस्ताव राखे । साथै सरकारको राहत कोषलाई एकद्वार प्रणाली बनाई सबै दल एक ठाउँमा उभिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्